कांग्रेस, कांग्रेसकै नेतृत्वमा सरकारमा जान्छ


नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले विप्लव समूहसँग सरकारको सहमति हुन सकारात्मक भएको बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महतले हत्या हिसा त्यागेर मूलधारमा आउनु स्वागतयोग्य भएको बताएका हुन् ।

मूलधारमा आउने, शान्तिमा आउने त ठीकै हो । केही कुराहरु गर्भमा छन् थाहा छैन । हामीलाइै विस्तारै जान्दै जाउँला नि । हतियार छोडेर शान्तिमा आउनु शान्तिपूर्ण बाटोमा राम्रो कुरा भएको उनको भनाइ थियो ।

नेता महतले कांग्रेसको नेतृत्वमा बाहेक सरकारमा नजाने बताए । उनले कांग्रेसको नेतृत्वको बाटोबाहेक अरु बाटोमा नलाग्ने भन्दै कांग्रेसको स्पष्ट दृष्टिकोण रहेको बताए । मान्छेले आ-आफ्नो इच्छाअनुसार कांग्रेस चल्दियोस् भनेर त कांग्रेस चल्दैन नि । कांग्रेसको स्पष्ट दृष्टिकोण छ । अहिले पनि पनि कम्युनिस्ट एउटै छ । एउटै संसदीय दल छ, उनले भने । फागुन २३ गते बैठक बसेपछि आवश्यक परे कांग्रेसको नेतृत्वमा सरकार जाने उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *