समसामयिक विषयमा छलफल गर्न फागुन २१गते कांग्रेस संसदीय दलको बैठक


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रतिनिधिसभा पुनःस्थापनापछि संसद्मा प्रस्तुत हुने विषयमा निर्णय गर्न यही फागुन २१ गते दिउँसो १ बजे संघीय संसद् भवनको ल्होत्से हलमा संसदीय दलको बैठक डाकेको हो ।

गएको पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले विघटन गरेको संसद् फागुन ११ गते सर्वोच्च अदालतको आदेशबाट पुनःस्थापित भएको थियो । प्रतिनिधिसभा विघटनसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)दुई समूहमा विभाजित भए पनि कांग्रेसले भने उनीहरुको आधिकारिकताअघि कुनै पनि समूहसँग सहकर्य गर्न नसक्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *