विप्लव नेतृत्वको नेकपा र सरकारबीच भएको वार्ता प्रयास सकारात्मक
नेपाली कांग्रेसले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र सरकारबीच भएको वार्ता प्रयासलाई सकारात्मक भनी टिप्पणी गरेको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले मंगलवार एक विज्ञप्ति जारी गर्दै वार्ता समिति गठनलाई सकारात्मक भनी टिप्पणी गरेका हुन् । उनले इमान्दार वार्ताबाट समाधानमा पुग्न आग्रहसमेत गरेका छन् ।
नेपाली कांग्रेस सबै समस्याको समाधान वार्ता, संवादबाट गर्नु पर्ने मान्यतामा दृढ रहँदै आएको छ, प्रवक्ता शर्माले भनेका छन्, सरकार र विप्लव समूहले इमान्दारीपूर्वक बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधिभित्र रही समाधान खोज्नेछन् भन्ने नेपाली कांग्रेसले विश्वास लिएको छ ।