अनैतिक शासक र व्यक्तिबाट शासित हुन विवश भयौं : रामकुमारी झाँक्री


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीले मुलुकमा अनैतिक शासक र व्यक्तिबाट शासित हुन विवश भएको बताएकी छन् ।

आइतवार सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले नागरिकहरू अनैतिक शासक र अनैतिक व्यक्तिबाट शासित हुन विवश भएको बताएकी हुन् । उनले लेखेकी छन्, हामी त्यस्तो देशको नागरिक हौं। जुन देशमा अनैतिक शासक र व्यक्तिबाट शासित हुन विवश छौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *