कसैले धारे हात लगाउँदैमा केपी ओलीले राजीनामा दिँदैनन् : ईश्वर पोखरेल
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कसैले धारे हात लगाउँदैमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन् ।
अनेरास्ववियूले आरआर क्याम्पसमा आयोजना गरेको कार्यक्रममा उनले प्रधानमन्त्री संसदीय सर्वोच्चता स्वीकार्ने भएकाले अविश्वासको प्रस्ताव सामना गर्ने बताए ।“केपी ओली कसैले धारे हात लगाउँदैमा राजीनामा दिनुहुन्नँ,” कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “हिम्मत भए अविश्वासको प्रस्ताव ल्याऊ ।”
उनले केपी ओलीले बीचमै नछाड्ने बताए । केपी ओली लोकतन्त्र, संस्थागत गरिने निर्णयमा विश्वास गर्ने भएकाले अविश्वासको प्रस्ताव सामना गर्ने दोहोर्याए ।