‘अदालतको फैसला पक्षमा नआए आन्दोलन गर्छु भनेर धम्की दिएको होइन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई आफूले कुनै धम्की नदिएको बताएका छन् ।
विराटनगरको सभामा आफूले देश बनाउने र लोकतन्त्रलाई बलियो बनाउने आन्दोलन अगाडि बढाउने कुरा गरेको उनले बताए । ‘संसद विघटन भएको छ, देश निर्वाचनतर्फ जाँदैछ, २–३ दिनभित्र फैसला हुन्छ । विराटनगरमा बोल्दा भनेको थिएँ, केही मान्छे यसो भयो भने राजनीति सिद्धिन्छ भनेर छटपट गरेका छन् । हाम्रो राजनीति केही भए पनि सिद्धिँदैन । देश बनाउने, लोकतन्त्रलाई बलियो बनाउने आन्दोलन निरन्तर चलाउँछु भनेको थिएँ,’ ओलीले भने, ‘अदालतको फैसला पक्षमा नआए आन्दोलन गर्छु भनेर धम्की दियो भन्ने कुरा गरे । अदालतलाई धम्की दिने बानी छैन ।’