अदालतको विषयमा चेतावनी प्रसारण गर्ने जंगे शैली लोकतान्त्रिक हुन सक्दैन् : विश्वप्रकाश शर्मा


प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा आयोजित सभामा अदालतलाई दबाब दिने अभिव्यक्ति दिएको आरोप नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लगाएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै शर्माले अदालतको विषयमा चेतावनी प्रसारण गर्ने जंगे शैली लोकतान्त्रिक हुन नसक्ने जनाएका छन् ।उनले लेखेका छन्, ‘अदालत दबाबमा नपरोस् भन्ने तर चर्को दबाबको अभिव्यक्ति राख्ने प्रधानमन्त्रीको विराटनगर मन्तव्य पदीय गरिमा विपरीत छ । न्यायालयको फैसला स्वीकार्छौं कहिल्यै नभन्ने र चेतावनी प्रसारण गर्ने जंगे शैली लोकतान्त्रिक हुन सक्दैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *