अदालतले कसैको दबाबको दुस्प्रयासमा अन्यथा फैसला गर्ने कल्पनासमेत गर्न सकिन्न् : केपी शर्मा ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले कसैको दबाबको दुस्प्रयासमा अन्यथा फैसला गर्ने कल्पनासमेत गर्न नसकिने बताएका छन् । शनिबार विराटनगरमाको सभामा बोल्दै ओलीले अब मुलुकलाई अस्थिरतातिर जान नदिने बताउँदै निर्धारित मितिमा निर्वाचन हुने जिकिर पनि गरे ।
“सम्मानित सर्वोच्च अदालतले देशभर भइरहेका यस्ता सभालाई हेरेको होला । यस्तो सभाबाट प्रकट भएको जनताको अभिमतलाई हेरेको होला । संविधानको मर्म र भावना हेरको होला । र, यसपछिको परिणतिहरु र मुलुक कता जान्छ भन्ने विश्लेषण गरेको होला । म भन्न चाहन्छु, कुनै भ्रम, अन्योलमा नपरेर चुनावको तयारीमा जुट्नुस्,” उनले भने ।
प्रधानमन्त्री ओलीले तोकिएकै मितिमा निर्वाचन हुने दाबी पनि गरे ।