सन्तान असल बनाउन चाणक्यको यस्तो नीति


जीवनमा सुख, शान्ति तथा सफलता प्राप्त गर्न चाहनु हुन्छ भने आचार्य चाणक्यको नीतिलाई आत्मसाथ गर्नुहोस् । आचार्य चाणक्यले आफ्नो नीतिको प्रभावको माध्यमबाट नै चन्द्रगुप्त जस्तो सामान्य बालकलाई अखण्ड भारतको सम्राट बनाएका थिए ।
आचार्य चाणक्यले नीतिशास्त्रको रचना गरेका थिए । यही शास्त्रकाअनुसार हरेक बाबुले ध्यान राख्नु पर्ने केही नीतिबारे जानी राखौँ ।

चाणक्य नीतिको दोस्रो अध्यायको दशौँ नीतिमा त्यस्तो बाबु बुद्धिमान हो जो आफ्नो छोराछोरीलाई सबै किसिमको शुभ गुण तथा संस्कारबारे शिक्षा दिन्छ भनिएको छ । नैतिकवान तथा शालिन व्यक्तित्व भएको मानिसलाई नै कूलमा पूजा गरिन्छ ।चाणक्य भन्छन्, बच्चाको पालनपोषणमा कत्तिपनि लापरबाही गरिनु हुँदैन ।
किन कि सन्तानको गलत कार्यका कारण बाबुले समाजमा अपमानित हुनु पर्ने हुन्छ । सन्तानले राम्रो काम गरेको खण्डमा उनीहरु आफैले पनि मान सम्मान प्राप्त गर्ने छन् भने बाबुले पनि सम्मान पाउनेछन् । संस्कारी बच्चालाई कूलमा पूजा गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *