प्रतिनिधिसभा विघटनको विरोधमा विवेकशील साझा पार्टीको प्रर्दशन
काठमाडौँ। प्रतिनिधिसभा विघटनको विरोध गर्दै विवेकशील साझा पार्टीले काठमाडौंमा प्रर्दशन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको र यसलाई सच्चाइनुपर्ने भन्दै विवेकशील साझाले मंगलबार काठमाडौंको शान्तिबाटीकामा विरोध प्रदर्शन गरेको हो ।प्रदर्शनमा सहभागीले विधिको शासन कायम गर, न्यायलयको मान जोगाउ, लगायतका नारा लेखिएका कालो लुगा लगाएका थिए ।
उनीहरु तराजुसहितप्रदर्शनमा सहभागी भएका थिए ।