महिला लघुवित्तको आईपीओ भर्नु भयो? आज अन्तिम दिन
महिला लघुवित्तको आईपीओ भर्नु भयो? नभरेको भए आजै कार्यलयको समयभित्र आवेदन दिनुहोस् किन कि आज अन्तिम दिन हो ।संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।
जसमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ३ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।
लगानीकर्ताहरुले उक्त आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागी लगानीकर्ताहरुलेआवेदन दिन सक्नेछन् ।लघुतित्तको आईपीओमा (सोमबार) साँझ ५ः३० बजे सम्ममा ८ लाख ९३ हजार ९ सय ५४ जना आवेदकबाट १ करोड ३६ लाख ५२ हजार ८५० कित्ताको आवेदन भेरीफाई भएको बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेण्टले जनाएको छ ।