भारतको राजधानी नयाँ दिल्लीमा भूकम्पको झड्का
भारतको राजधानी नयाँ दिल्ली लगायत उत्तर भारतमा शुक्रबार राती भूकम्प गएको छ । भूकम्पको झड्का महसुस गरेलगत्तै सर्वसाधारण घरबाहिर निस्किएका छन् । राती १० बजेर ३१ मिनेटमा गएको भूकम्पको झड्का उत्तर भारतका पञ्जाव, जम्बु काश्मिर, हरियाण लगायतका क्षेत्रमा महसुस गरिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।भूकम्प ६.३ रेक्टर स्केलको गएको जनाइएको छ भने त्यसको केन्द्रबिन्दु ताजकिस्तानस्थित जमिनबाट ७४ किलोमिटर गहिराईमा परेको जनाइएको छ । एजेन्सी