बैतडी घटनाको अनुसन्धान तीव्र बनाउन, र दोषीलाई पक्राउ गर्न कांग्रेसको माग


नेपाली कांग्रेसले की किशोरी भागरथी भट्टको हत्यामा संलग्न दोषी पक्राउ नपर्नु, उनको शव अस्पतालमा रहिरहनु र परिवारजनले पीडामाथि पीडा भोग्नुको स्थितिलाई दुःखद्ररुपमा लिएको जनाएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत उक्त घटनाको अनुसन्धान तीव्र बनाउन, दोषीलाई अविलम्ब पक्राउ गर्न, बैतडी घटनासँगै देशभरका सबै यस्ता घटनाविरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन प्रधानमन्त्रीसमक्ष माग गरेका छन् ।

शान्ति स्थापना र संविधान निर्माणपश्चात मुलुकमा अमनचयन स्थापना हुने र नागरिकको जीवन सुरक्षित बन्ने भन्ने विश्वास लिइए पनि यस्ता घटना भइरहनु गम्भीर चिन्ताको विषय बनेको विज्ञप्तिमा जनाइको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *