निफ्राको शेयर नेप्सेमा सुचिकृत, सुरुवाती रेन्ज यस्तो


नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा) को शेयर सुचिकृत भएको छ । आज बिहिबार बैंकको २० करोड कित्ता शेयर सुचिकृत भएको हो।

शेयर सुचिकृत भएसंगै आइतबारबाट कम्पनीको शेयर कारोबार सुचारु हुने छ । कम्पनीको सिम्बलबाट कारोबार हुने छ । नेप्सेले पहिलो कारोबारको लागि ११३.६२ देखि ३४०.८६ रुपैयाँसम्मको रेन्ज तोकेको छ । नेप्सेले कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोकेको छ । बैंकको आरटिएस ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

बैंकले माघ २ देखि सर्वसाधारणको लागि आईपिओ निष्काशन गरेको थियो । बैंकले एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको हो। जस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका थिए । नेपाली पुँजीबजारमा आएको यो नै हालसम्म कै ठुलो आईपिओ हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *