युनाइटेड इन्स्योरेन्सको नाफा ३५ प्रतिशतले वढ्यो


युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ
कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा २ करोड ७४ लाख खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोहि अवधिको तुलनामा यो नाफा ३५ प्रतिशतले धेरै हो । गत वर्ष यसै अवधिसम्म कम्पनीले २ करोड २ लाख खुद नाफा आर्जन गरेको थियो ।
त्यसैगरी, कम्पनीले बीमाशुल्कबापत ५७ करोड ६८ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोहि अवधिको तुलनामा यो ६१.६६ प्रतिशत धेरै हो ।गत वर्ष कम्पनीले बिमाशुल्कबापत ३५ करोड ६८ लाख रुपैयाँ आर्जन गरेको थियो ।
कम्पनीको चुक्तापूँजी १ अर्ब २ करोड ८१ लाख रुपैयाँ र जगेडा कोष ९ करोड ८१ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २.६७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४१.७७ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *