प्रजातन्त्रलाई सबल बनाउन राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना हुनुपर्छ
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले प्रजातन्त्रलाई सबल बनाउन राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना हुनुपर्ने बताएका छन ।
‘स्थायित्व प्राप्त गर्न र प्रजातन्त्रलाई सुढृद तुल्याउन हिन्दुराष्ट्रको बलियो आधार र अभिभावकको रुपमा राजसंस्था अपरिहार्य बनेको छ । देशमा विद्यमान संकट मोचन गर्ने आधार पनि यिनै हुन्,’ राप्रपा अध्यक्ष राणाले काठमाडौं जिल्लास्तरीय पार्टी भेलालाई सम्बोधन गर्दै भनेका छन् ।‘देशलाई भरपर्दो दिशा दिन सक्ने पार्टी भने राप्रपा नै हो । प्रजातान्त्रिक क्षितिजमा उदाउने शक्ति भनेको राप्रपा मात्र हो,’ उनले भने ।
जिल्ला भेलालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष डा। प्रकाशचन्द्र लोहनीले पुराना राजनीतिक शक्तिहरुबाट वाक्कदिक्क भएर नेपाली जनताले नयाँ विकल्प खोजिरहेको बताए ।