फागुन ७ गतेदेखि आईपिओ निष्काशन गर्दे रुरु हाइड्रो
रुरु जलविद्युत परियोजनाले फागुन ७ गते देखि आयोजना प्रभावित स्थानीयवासिन्दाको लागि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले स्थानीयलाई प्रति साधारण शेयर १०० रुपैयाँका दरले ४ लाख ७ हजार ७ सय ५ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
यस निष्काशनमा गुल्मी जिल्लाका आयोजना प्रभावितले मात्र आवेदन दिन पाउने छन् । आईपिओमा फागुन २१ गतेसम्म आवेदन दिन सकिने छ । तर सो समयसम्ममा पुरै आवेदन नपरेको खण्डमा चैत्र ८ गतेसम्म म्याद थप हुन सक्ने छ । आईपिओमा न्युनतम १० कित्ता र अधिकतम ४ लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट माघ २१ गते प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यका कुल ८ लाख १५ हजार ४११ कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको हो । कम्पनीले आईपीओ निष्काशन गर्नको अनुमति माग गर्दै असार २५ गते बोर्डमा निवेदन दिएको थियो ।
कम्पनीले सर्बसाधारणलाई प्रिमियममा आईपिओ निष्काशन गर्ने भए पनि स्थानीयलाई भने अंकित मूल्य मै शेयर बिक्रि गर्न लागेको हो । कम्पनीले दोस्रो चरणमा २० रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता आईपीओ सर्बसाधारणलाई जारी गर्ने छ ।