आयोगलाई ओलीको बोली,म जन्मेदेखि नै सूर्य चिह्नमा चुनाव लडेको मान्छे, बुझ्नुहोला
प्रधानमन्त्रीसमेत रहेका नेकपाको एउटा समूहका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग पुगेर सूर्य चिह्न आफ्नो भएको मौखिक दाबी गरेका छन् ।
मंगलवार मध्याह्न प्रधानमन्त्री ओली अर्थमन्त्री विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङसहित आयोग पुगेका थिए । प्रमुख आयुक्त दिनेश थपलियासहित आयुक्तहरूसँग भएको छलफलमा ओलीले पार्टीको आधिकारिकता र सूर्य चिह्न आफूले पाउनुपर्ने दाबी गरेका हुन् ।
म त जन्मेदेखि नै सूर्य चिह्नमा चुनाव लडेको हुँ,ओलीको भनाइ उदृत गर्दै आयोग स्रोतले लोकान्तरलाई भन्यो, अहिलेसम्म अन्य चिह्नबाट चुनाव लडेको छैन । प्रचण्ड हँसिया हथौडाबाट लड्नुभएको हो । हामी मिलेर अघि जाने उद्देश्यका साथ पार्टी एक बनाएका थियौं तर दुर्घटना भयो । तपाईंहरूले बुझ्नुभएकै छ ।