महालक्ष्मीको ‘महालक्ष्मी धनधान्य’ योजना, ६० करोडको आईपीओ ल्याउदै


काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कारोवार सञ्चालनको दुई बर्ष पुरा गरेको छ । कम्पनीले दोस्रो वार्षिक उत्सवको अवसर पारेर मंगलबारबाट बिक्री गर्ने गरी नँया मनि ब्याक बीमा योजना “ महालक्ष्मी धनधान्य”पोलिसि संञ्लनमा ल्याएको छ ।
आ।व। २०७६/७७को वासलात नाफानोक्सान हिसाब बीमा समितिबाट स्वीकृतीपछि ६०करोड रुपैयाँको शेयर सर्वसाधारणमा (आईपीओ) जारी गर्ने गरी प्रकृया शुरू गरेको जनाएको छ । नेपालको जीवन बीमा बजारमा सबैभन्दा कान्छो र उन्नाइसौ कम्पनीको रूपमा काम शुरू गर्दा नौ वटा पुराना स्थापित कम्पनी र नौ वटा नयाँ कम्पनीहरूसँग प्रतिस्पर्धा थिए ।

कम्पनीले २ बर्षको अवधिमा ६२ वटा शाखारउपशाखा स्थापना, १६१९० अभिकर्तालाई तालिम, नौ वटा प्रोडक्ट लञ्च, १६५ करोड रुपैयाँ बीमा शुल्क संकलन र २५६करोड लगानी गर्न सफल भएको छ ।

कम्पनीले आ।व २०७५/७६को पोलिसि बोनस न्यूनतम ५० रुपैयाँ ल्याई नयाँ कम्पनीहरूमध्येमा उत्कृष्ट नतिजा ल्याउनु सफल भएको कम्पनीले दावी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *