गृहमन्त्रीजी, आफैं मान्छे मार्ने आन्दोलनको कमाण्डरको भूमिका स्मरण छैन् ?
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले मांसाहारी आन्दोलनको विरोध गर्ने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ आफैं मान्छे मार्ने आन्दोलनको कमाण्डर रहेको स्मरण गराएका छन् ।
सोमवार सुशील कोइराला सोसलिस्ट युथ सर्कलले काठमाडौंमा आयोजना गरेको ‘संकटमा संविधान’ विषयक कार्यक्रममा बोल्दै नेता रिजालले भने, ‘मांसाहारी आन्दोलनको विरोध गर्ने गृहमन्त्री आफैं मान्छे मार्ने आन्दोलनको कमाण्डर हुनुहुन्थ्यो ।
आज आफ्नै गुरु प्रचण्डलाई चिडियाखानामा हाल्छु भन्दै हुनुहुन्छ ।’उनले थपे, ‘गृहमन्त्रीजी तपाईं आफैं चिडियाखानामा जानुस् या मन्त्रिपरिषद्लाई नै चिडियाखाना घोषणा गर्नुस् ।’