भागरथीका हत्यारालाई कारबाही गर्न कांग्रेस नेता कोइरालाको माग


काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यारालाई कारबाही गर्न माग गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै कोइरालाले बलात्कारपछि हत्या गरिएकी किशोरी भट्टका हत्यारालाई कानूनी कठघरामा उभ्याउन माग गरेका छन् ।यो घटना पनि विगतको निर्मला पन्तको जस्तो दोषीले उन्मुक्ति पाउने खालको नहोस् भन्दै उनले खबरदारी पनि गरेका छन् ।

‘बैतडीको दोगडाकेदार गाउँपालिका वार्ड नं ७ चडेपानी निवासी १७ वर्षीया भागरथी भट्टको विद्यालयबाट घर फर्कँदै गर्दा बलात्कार र हत्याको खवरले मर्माहित भएको छु,’ नेता कोइरालाले ट्वीटमा लेखेका छन्,’उक्त घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग गर्दछु। बिगतमा निर्मला पन्त घट्नाको जस्तै यसको दोषीले उन्मुक्ति नपाओस्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *