संसद पुनःस्थापना वा निर्वाचन दुवै परिस्थितिको सामना गर्न कांग्रेस तयार : विमलेन्द्र निधि
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीसँग प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन २ विकल्प रहेको तथा लोकतन्त्रको रक्षाका लागि दुवैलाई आत्मसात् गर्न तयार रहेको बताएका छन् ।
नेपाल प्रेस युनियन पर्सा शाखाले सोमवार आयोजित पत्रकार सम्मेलनमा नेता निधिले वर्तमान राजनैतिक परिस्थितिका कारण देशमा संकट आएको जनाउँदै समाधानका लागि प्रतिनिधिसभा पुनःस्थापना या निर्वाचनमा जानुपर्ने बताए ।सञ्चारकर्मीको एक प्रश्नका जवाफमा पूर्व उपप्रधानमन्त्री निधिले प्रतिनिधिसभा विघटनको विषय संवैधानिक या असंवैधानिक के हो भन्नेबारे अदालतले निर्णय गर्ने बताए ।