किसानद्धारा भारतभर चक्काजाम घोषणा


किसान कानुनको विरोधमा भारतमा आन्दोलनरत् किसानले आज भारतभर चक्काजाम घोषणा गरेका छन्। दिउँसो १२ बजेदेखि ३ बजेसम्म किसानले राष्ट्रिय र प्रादेशिक सडकमा सवारी साधन संचालनमा रोक लगाउँदै चक्काजाम घोषणा गरेका हुन्।

चक्काजाममा ४० किसान संगठनको समर्थन रहेको छ। चक्काजामको बेला अत्यावश्यक सेवाका गाडीलाई भने रोकिने छैन। दिल्ली एनसीआर, उत्तर प्रदेश र उत्तराखंडमा भने यो जामको प्रभाव हुने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *