वाणिज्य विभाग र फोन पेबीच सम्झौता
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र भुक्तानी सेवा प्रदायक कम्पनि फोन पे बीच व्यवसाय सहजीकरणका लागि सम्झौता भएको छ । अनलाइन माध्यमबाट व्यवसाय फर्म दर्ता लगायत व्यवसाय नियमन सम्वन्धी सेवाको सहजीकरणका लागि सम्झौता भएको विभागले जनाएको छ ।
डिजिटल भुक्तानी प्रकृयाको प्रबद्र्धन गर्न व्यवसायीलाई निशुल्क क्यु आर कोड सुविधा समेत उपलब्ध गाराउन दुई पक्षबीच सहमति भएको छ । उक्त सम्झौताबाट चालु आर्थिक वर्षभित्र करिब एक लाख व्यवसायीले अनलाईन माध्यमबाट लाभ लिने अनुमान गरिएको छ ।