ओली प्रतिगमनको एक किस्तामात्रै हो संवैधानिक आयोगहरुमा नियुक्ति : डा. बाबुराम भट्टराई
जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले संवैधानिक अंग तथा आयोगहरूमा गरिएको नियुक्तिको कडा शब्दमा विरोध गरेका छन् ।
उनले सो नियुक्तिलाई असंवैधानिक नियुक्ति भएको दावी गर्दै यो ओली प्रतिगमनको अर्को किस्ता मात्रै भएको बताएका छन् ।
‘जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने उच्चतम अंग प्रतिनिधिसभा भंग गरेर शुरू भएको प्रतिगमन अब किस्ता किस्ता हुँदै सम्पूर्ण प्रतिक्रान्तितिर तीब्र वेगमा अघि बढेको कटु सत्य बुझ्न र प्रतिवाद गर्न ढिलो नगरौं’, भट्टराईले ट्वीटरमा भनेका छन् ।