संवैधानिक आयोगमा सुनवाइ बिनै कसरी शपथ ?


काठमाडौं । संवैधानिक निकायमा सिफारिस गरिएकाहरुलाई राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गराइएको छ। बुधवार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा संवैधानिक निकायका प्रमुखहरुलाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले शपथ ग्रहण गराएका हुन्।

शपथ ग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना सहभागी थिए।

गएको मंसिर ३० गते बसेको संवैधानिक परिषद बैठकले अख्तियार र मानवअधिकारसहित विभिन्न संवैधानिक निकाय र आयोगमा नियुक्तिका लागि ३८ जनाको नाम सिफारिस गरेको थियो। तिनै पदाधिकारीले आज शपथ लिएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *