परम्परा मास्न प्रश्न, तपाई किन पत्रकार बन्नुभयो ?
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ र राम्रा कामका लागि परम्परा भत्काउनुपर्ने बताएका छन् ।उनले सही, राम्रा र नयाँ कामको शुरुआत गर्नका लागि पुरानो परम्परा तोड्नुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले पशुपतिनाथमा १४१ किलोको सुनको जलहरी हालिदिने भनेपछि परम्परा बिग्रने भयो भनेर केही मिडियाले समाचार लेखेकामा गुनासो गरे ।
प्रधानमन्त्रीले भने, “पशुपतिमा पहिले जस्तै चाँदीकै जलहरी हाल्नुपर्ने भनेर आएको गुनासो गर्नेसँग म प्रश्न गर्न चाहन्छु, तपाइँको बुवा किसान भएर हलो जोत्नुहुन्थ्यो, तपाइँ किन पत्रकार बन्नुभयो र? किसान नै भएर खेतीपाती गरेको भए पो परम्परा बाँच्थ्यो ।
मेरो बुवा पनि किसान हुनुहुन्थ्यो तर म प्रधानमन्त्री भएँ । त्यसैले नयाँ र राम्रा कामका लागि परम्परा भत्काउनुपर्छ ।”