लोकतन्त्र र संविधान सही गतिमा आउँन् संसद् पुनःस्थापना हुनुपर्छ : रामचन्द्र पौडेल


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले मोही माग्ने ढुंग्रो लुकाउने गर्न नहुने बताएका छन् ।

कांग्रेसका विभिन्न भातृ संस्थाद्वारा सोमवार तनहुँमा आयोजित सभालाई सम्बोधन गर्दै उनले संसद् विघटनको घटनामा कांग्रेसले एकढिक्का भएर विरोधका आवाज राख्नुपर्ने बताए ।‘संसद् विघटन असंवैधानिक छ भनेर कांग्रेसले भनिसकेकाले यसको उपचार पनि कांग्रेसले खुलेर भन्नुपर्छ, मोही माग्ने ढुंग्रो लुकाउने गर्न हँुदैन,’ उनले भने, ‘प्रतिनिधि सभाको पुनःस्थापना भएर मात्रै लोकतन्त्र र संविधान सही गतिमा आउँछ ।’

जनताले प्रतिनिधि सभालाई ५ वर्षका लागि चुनेकाले प्रतिनिधि सभाको म्याद ५ वर्ष नै हुनुपर्ने पौडेलले जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *