सुपरमादीले आईपिओ निष्काशन गर्ने, सानिमा क्यापिटल बिक्रि प्रबन्धक
सुपरमादी हाइड्रो पावर कम्पनीले आईपिओ निष्काशन गर्ने भएको छ कम्पनीले आईपिओ निष्काशनको लागि सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।
बिक्रि प्रबन्धक नियुक्ति समबन्धि सम्झौतामा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसे र हाइड्रो कम्पनीको तर्फबाट अध्यक्ष पुष्प ज्योति ढुंगानाले हस्ताक्षर गरेका छन् ।
कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि कुल ३१ करोड ५० लाख बराबरको ३१ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले कास्कीको मादी गाउँपालिकामा पर्ने मादी खोलामा ४४ मेगावाटको मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।