चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा
काठमाडौँ। विचाराधीन मुद्दा प्रभाव पार्न खोजेको भन्दै सर्वोच्च अदालतका चार जना पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।
मंगलबार रित नपुगेर दर्ता नभएको निवेदन बुधवार अदालत खुलेलगत्तै दर्ता भएको हो । अधिवक्ता लोचन भट्टराई र धनजीत बस्नेतले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्कीमाथि अवहेलना मुद्दा चलाउन माग गर्दै निवेदन दिएका हुन् ।
सर्वोच्चमा विचाराधीन अवस्थामा रहेको मद्दुामा प्रष्टरुपमा न्यायिक निरुपणको कार्यलाई प्रभाव पार्ने र अदालतप्रति जनताको विश्वास घटाउनेगरी गरिएको कार्य अदालतको अवहेलना भएको हुँदा न्याय प्रशासन ऐन २०७३ को दफा १७ को ९४० बमोजिम हदैसम्म सजाय माग गरिएको छ ।