प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा यसैगरी बरबराउंछन् : रामचन्द्र पौडेल


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीका गतिविधि र अभिव्यक्तिले तानाशाही प्रतित हुँदै गएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत टिप्पणी सार्वजनिक गरेका वरिष्ठ नेता पौडेलले हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा ओलीका अहिलेका गतिविधिजस्तै हर्कतमा उत्रिने बताएका हुन् ।‘
प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति र सरकारले नागरिकमाथि गर्ने व्यवहार हेर्दा सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको छ । हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा यसैगरी बरबराउने गर्दछन्, जसरी अहिले प्रधानमन्त्री केपी ओली आफ्नोविरोधीलाई अपमानित गर्न तम्सनुभएको छ,’’ पौडेलले भनेका छन्, ‘‘सबै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि आफ्नो अन्तिम घडीमा यसैगरी दमनमा उत्रने गर्दछन्, जसरी सोमबार प्रबुद्ध नागरिकमाथि प्रहार भयो ।’’

उनले त्यस्तो दमनले शासकलाई कमजोर र नागरिक आन्दोलनलाई थप बलियो बनाउने पनि बताएका छन् । ‘‘तर, दमनले नागरिकलाई थप ऊर्जा प्रदान गर्दछ र अझै प्रतिमनसँग डटेर लड्नका लागि प्रतिगमनविरुद्धका सबै आन्दोलनमा मेरो साथ र सर्मथन रहनेछ,’’ पौडेलले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *