नेपाल बंगलादेश बैंकको नाफा ५२ प्रतिशतले बढ्यो


नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।उक्त विवरण अनुसार बैंकको नाफा १६.५२ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले ९४ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ८० करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको खुद नाफा भने घटेको छ । बैंकले दोस्रो त्रैमाससम्म १ अर्ब २४ करोड ६६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ८ प्रतिशतले थोरै हो ।
त्यसैगरी, दोस्रो त्रैमासमा बैंकले १ अर्ब ३३ करोड ९० लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । उक्त मुनाफा रकम गत वर्षको यसै अवधिको तुलनामा १८।८९ प्रतिशतले धेरै हो ।
दोस्रो त्रैमाससम्ममा बैंकले ७० अर्ब ९ करोड निक्षेप संकलन गरी ६० अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अघिल्लो वर्षभन्दा सामान्य वृद्धि हो ।
त्यस्तै, बैंकको चुक्ता पूँजी ८ अर्ब ४९ करोड ५८ लाख रुपैयाँ, जगेडा कोषमा ४ अर्ब ४६ करोड रुपैयाँ, प्रतिशेयर आम्दानी २२ रुपैयाँ १६ पैसा र प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ५० पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *