‘तानाशाहहरु ढल्नु अघि नागरिकलाई यसरी नै हेप्छन् अनि आफैं सकिन्छन् : गगन थापा
काठमाडौँ। नागरिक समाजका अगुवामाथि भएको प्रहरी हस्तक्षेपको विषयमा नेपाली कांग्रेसका नेता गगन थापाले कडा कटाक्ष गरेका छन् ।
सोमबार राति सामाजिक सञ्जालमा उनले लेखेका छन,‘नागरिकको आन्दोलनमाथिको दमन र गिरफ्तारी ओलीतन्त्रको अन्त्य हुनु अघिको फटफट्याइ हो ।’
उनले अगाडि भनेका छन्, ‘तानाशाहहरु ढल्नु अघि नागरिकलाई यसरी नै हेप्छन् अनि आफैं सकिन्छन् ।’उनले विज्ञप्तिमा भनेका छन्, ‘संविधान र लोकतन्त्रको रक्षाको निमित्त सङ्घर्षमा उत्रँदा गरिएको घोर दमनबाट सरकारको चरम अलोकतान्त्रिक चरित्र उदाङ्गो भएको छ ।’