प्रधानमन्त्रीलाई बार एशोसिएसनको आग्रह,अपमान गर्न पाइँदैन, माफी माग्नुस्
काठमाडौं । कानुन व्यवसायीहरुको संस्था नेपाल बार एशोसियसनले प्रधानमन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाएको छ।
बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले आइतवार विज्ञप्ति जारी गर्दै अधिवक्ताहरुलाई अपमानित गर्नेगरी प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक भएको र तत्काल माफी माग्न माग गरेका छन्।
प्रधानमन्त्री ओलीले शुक्रवार आयोजित पार्टीको कार्यक्रममा वकिलले कुरा फिटेका फिट्यै छन्, केही वकिलहरुले एक जना बाजे वकिललाई लिएर गएछन् त्यहाँ तमासा हेर्नु भनेका थिए। ओलीले नेपालकै जेष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई समेत व्यंग्य गरेका थिए। उक्त अभिव्यक्तिप्रति आपत्ति र खेद व्यक्त गर्दै बारले तत्काल सार्वजनिक रुपमा माफी माग्न माग गरेको हो।