ग्रीनलाइफ हाइड्रोको आईपीओ माघ २३ बाट


ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले माघ २३ गतेदेखि सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रति कित्ता एक सय रुपैयाँका दरले ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर जारी गर्न लागेको हो।

जारी पूँजी एक अर्ब ८० करोड रूपैयाँको १० प्रतिशत अर्थात् १८ करोड रूपैयाँको १८ लाख कित्ता शेयर स्थानीय बासिन्दाको लागि बिक्री खुल्ला गरिएपनि बिक्री नभएका १६ लाख ९६ हजार ४ सय कित्ता सहित जम्मा ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर निष्काशन गर्न कम्पनीले धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरिसकेको छ ।

कम्पनीको शेयर रजिष्ट्रार तथा बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *