कार्यकारी अधिकार हातमा लिएपछि जे पनि गर्न पाइने?
विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश–१ मा आफ्नो पार्टीले प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताएका छन् । केन्द्रमा छाया सरकार बनाएर बसेको भन्दै उनले प्रदेश–१ मा पनि अहिलेको सरकार विरुद्ध अविस्वासको प्रस्ताव आए खिलाफमा मतदान गर्ने बताए ।
पटकपटक चुनावका नाममा अरबौं रकम खर्च भइरहेको भन्दै यसको अन्त्यका लागि संसद विघटनलाई प्रतिगामी कदम मान्दै यसलाई सच्याउने उनको भनाइ छ ।
“कांग्रेसको एउटै लाइन हो । प्रधानमन्त्रीको कदम प्रतिगामी हो र यसलाई हामी सच्याएरै छाड्छौं ।“चुनाव गर्न मात्रै जनतामा जाने हो की विकास पनि गर्ने हो जनताको ?
अदालतबाट प्रधानमन्त्री ओलीको निर्णय सदर गर्ने हो भने कार्यकारी अधिकार हातमा लिएपछि राष्ट्रपति साथमा भएपछि जे पनि गर्न पाइने भयो ।