हिटलरी नाजिवादको नेपाली संस्करण केपी ओली : माधवकुमार नेपाल
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले केपी ओली हिटलरी नाजिवादको नेपाली संस्करण भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटनको कदमविरुद्ध काठमाडौंमा गरेको शक्ति प्रदर्शनमा नेपालले यस्तो बताएका हुन् । पार्टीमा अप्ठ्यारो पर्यो पार्टी नै सिध्याइदिने, संसद्ले अप्ठ्यारो पार्छ भन्ने लाग्यो प्रतिनिधिसभा नै सिध्याइदिने, नेपालले भने, हिटलरी नाजिवादको नेपाली संस्करण केपी ओली हुन् ।
उनले ओली अध्यक्ष हुँदा पार्टी नचलेको भन्दै प्रधानमन्त्री हुँदा उखानटुक्का मात्र चलेको बताए ।