गंगामायाको जीवनरक्षाका लागि मानवअधिकार आयोगको आग्रह


काठमाडौं। लामो समयदेखि अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य स्थिति प्रति संवेदनशील बन्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारसँग आग्रह गरेको छ।छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कानुनी कारबाहीको माग गर्दै गंगामाया अनशनमा छिन्।

गंगामाया पछिल्लोपटक २०७७ पुस ६ गतेदेखि आमरण अनशनमा छिन्। उनलाई ट्रमा सेन्टरको आकस्मिक कक्षमा राखिएको छ। चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गइरहेको छ।

आयोगले गंगामायाको अनशनका सम्बन्धमा निरन्तर अनुगमन गरिरहेको जनाएको छ।बिहीबार जारी भएको आयोगको विज्ञप्तिमा भनिएको छ, ‘गंगामाया अधिकारीको न्याय प्राप्तिको हक सुनिश्चित गर्दै जीवनरक्षा तथा उचित बसोबासको व्यवस्थापन गर्न, निजको जीवनरक्षाका लागि प्रभावकारी कदम चाल्न तथा यसअघि नेपाल सरकारले गरेका सम्झौताको पालना गर्न नेपाल सरकारसँग आयोग पुनः आग्रह गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *