चुनाव नगराए ओली देशमा बस्नै नसक्ने अवस्था आउंछ : देउवा


चुनाव नगराए ओलीलाई देशमा बस्नै नसक्ने अवस्था आउंछ : देउवा
पोखरा । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावका लागि तयार रहन र जनताका घरघरमा पुग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा नेकपाको एक समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि कांग्रेसभित्र पनि चुनावमा जाने वा आन्दोलन चर्काउने भन्ने बारेमा देउवा र इतरपक्षबीच मतभेद छ ।

सुरुदेखि नै देउवा निर्वाचनको पक्षमा देखिएका छन । सोही निर्णय उनले बिहीबार पनि दोहोर्‍याए ।
पर्वतको शंकरपोखरीमा आयोजित हरिदत्त स्मृति प्रतिष्ठानको कार्यक्रममा सहभागी हुन पुगेका देउवाले जनता नै देशको मालिक भएको हुँदा उनीहरूसमक्ष जान नेपाली कांग्रेस नडराएको बताएका हुन् ।
वैशाखमा चुनाव भइहाल्यो भने भोट माग्नुहोस्, भएन भने दुई वर्ष पछाडिको लागि माग्नुहोस्,” उनले थपे, “त्यसैले जनताको घरघरमा जानुहोस्, मलाई विश्वास छ, जनताले थाहा पाइसकेका छन् । यो कम्युनिस्टले दुस्ख मात्र दिन्छन् भन्ने बुझेका छन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *