संसद विघटनको मुद्दामा न्यायाधीश कार्कीको ठाउँमा सपना प्रधान मल्ल


काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाईका लागि अर्को संवैधानिक इजलास गठन गरेका छन् ।

अधिवक्ताहरूले प्रश्न उठाएपछि इजलासमा नबस्ने बताएका हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान मल्ललाई राखेर इजलास पुनर्गठन गरिएको हो ।
प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरासहितको संवैधानिक इजलाशमा आजबाट मुद्दाको सुनुवाई हुँदैछ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेपछि उक्त कदम असंवैधानिक भन्दै परेको दर्जन रिटमाथि अदालतमा सुनुवाई हुँदैछ।

पुस २२ गते कार्कीले मुद्दा हेर्ने कि नहेर्ने भन्नेमा बहस भएको थियो। उनले मुद्दाबाट आफूलाई अलग्याएपछि आजका लागि सुनुवाईको मिति तय भएको थियो।

स्मरण रहोस्,आज सुनुवाईमा संलग्न न्यायाधीश सपना प्रधान मल्ल तत्कालीन नेकपा एमालेबाट संविधानसभा सदस्य थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *