चन्द्रागिरी हिल्सको आइपिओमा नयाँ रेकर्ड कायम
काठमाडौं। पुस २४ गतेदेखि पुष २८ गतेसम्म सर्वसाधारणका लागि विक्रीमा आएको चन्द्रागिरी हिल्सको आइपिओले आवेदनमा नयाँ रेकर्ड कायम गरेको छ ।
चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओमा मागभन्दा १७ दशमलव ५७ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार आवेदन दिने अन्तिम दिन मंगलवारसम्म १२ लाख ५१ हजार १० जना आवेदकले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ता शेयर खरिदको लागि आवेदन दिएका हुन ।
सेयर निष्काशन तथा बिक्री प्रबन्ध ग्लोबल आईएमई क्यापिटलका अनुसार सोमबार साँझसम्ममा १२ लाख ५१ हजार ९३८ जना आवेदकबाट २ अर्ब ४४ करोड २९ लाख ८४ हजार रुपैयाँ बराबरको २ करोड ४४ लाख २९ हजार ८४० कित्ता सेयर माग भएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १५ करोड ३४ लाख ९ हजार एक सय रूपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता कित्ता आइपिओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।
जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणको लागि निष्कासन गर्ने गरेको छ ।