कार्यकर्तालाई सभापति देउवाको निर्देशन,चुनावका लागि तयारी गर्नु
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन वा पुनःस्थापना जे भए पनि अदालतको निर्णयको पर्खाइमा कांग्रेस रहेको बताएका छन् ।
सडकमा आन्दोलन गरेर र धम्क्याएर आफ्नो पक्षमा फैसला गर्न लगाउने प्रवृत्ति गलत रहेको स्पष्ट गर्दै उनले अदालतको फैसला कांग्रेसलाई मान्य भएको बताए ।
कांग्रेस केन्द्रीय खेलकुद विभागद्वारा सिन्धुपाल्चोकको बाह्रबिसे–३ मा आयोजित प्रथम कोमलमाया–खडक बस्नेत स्मृति फूटबल प्रतियोगिताको समापन समारोहमा बोल्दै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट गरिएको प्रतिनिधिसभा विघटन असंवैधानिक भए पनि अदालतबाट आउने फैसला मान्न कांग्रेस तयार रहेको बताएका थिए ।‘ देउवाको कथन थियो अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेछ भने हामी ससंद्मा सशक्त रूपमा प्रस्तुत हुन्छौं, चुनावमा जाने निर्णय गरेछ भने चुनावमा भाग लिन्छौं र त्यसका लागि तयारी पनि गर्छौं ।’