बिज्ञापन बोर्डको चेतावनी,कानून विपरित गरे कारबाही


काठमाडौं । सरकारले क्लिन फिडमा अटेरी, विदेशी बिज्ञापन प्रसारण गरे कारबाही हुने चेतावनी दिएको छ । बिज्ञापन बोर्डले आईतबार एक सूचना प्रकाशित गर्दै विज्ञापन नियमन ऐन तथा नियमावली अनुसार गत कात्तिक ७ देखि विज्ञापन रहित (क्लिन फिड) प्रसारण लागु गरेकोमा केही विदेशी च्यानलहरुमा भने कानून विपरीत विज्ञापन बज्न सुरु भएको गुनासो पछि सूचना जारी गरेको हो ।
नेपाली च्यानलहरुमा समेत विदेशी विज्ञापन डबिङ गरी प्रसारण हुँदै आएकोमा सो कार्य क्लिनफिड विपरीत भएको विज्ञापन बोर्डको कार्यालयले स्पष्ट पारेको छ ।

बोर्डले कानून विपरीत यदाकदा प्रसारण भइरहेको गुनासो प्राप्त भएको उल्लेख गर्दै त्यसो नगर्न नगराउन सम्बद्ध सबैको ध्यानाकर्षण गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *