राष्ट्रिय सभा अधिवेशनको आकस्मिक अन्त्य हुनु राम्रो संकेत होइन
राष्ट्रिय सभा सदस्य तथा नेकपा प्रचण्ड-नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरिएकोमा आफ्नो विरोध रहेको बताएका छन् ।
आइतवार अपराह्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै राष्ट्रिय सभाको अधिवेशनको छिटै अन्त्य हुनु राम्रो नभएको बताएका हुन् ।
ुप्रधानमन्त्री ओलीद्वारा प्रतिनिधि सभाको असंवैधानिक विघटन गरिएको अवस्थामा राष्ट्रिय सभा जनताको अवाजलाई प्रतिनिधित्व गर्ने संसदको थलो थियो,प्रवक्ता श्रेष्ठले भने, ुअचानक अन्त्य गर्ने काम गरियो, यसप्रति हाम्रो विरोध छ।