इन्डोनेशियामा ६२ जना यात्रु बोकेको विमान बेपत्ता
जकर्ता । इन्डोनेशियामा एक विमान विमानस्थलबाट उडेको केही बेरमै बेपत्ता भएको छ। ६२ जना यात्रु बोकेको बोइङ ७३७ विमान इन्डोनेशियाको राजधानी जकर्ताबाट उडेको केही बेरमा समुद्रमा दुर्घटना भएको हुन सक्ने बीबीसीले उल्लेख गरेको छ।
पश्चिमी कालीमन्टन प्रान्तको पोन्टियनाकको लागि उडेको श्रीविजय एयरको विमान चार मिनेटपछि सम्पर्कविहीन भएको थियो। फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइट राडर २४ डट कमले सो विमान एक मिनेटभित्रै ३ हजार मिटर भन्दा बढी अल्टिच्युड गुमाएको बताएको छ।
प्रत्यक्षदर्शीहरुले विस्फोट भएको सुनेको तथा देखेको बताएका छन्।विमानको खोजीको लागि इन्डोनेशियन जल सेना पनि खटाइएको छ।