प्रचण्ड-नेपालको जुलुस भट्टी पसल जस्तै : केपी शर्मा ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध विज्ञप्ति जारी गरेका पूर्व प्रधान न्यायाधीशविरुद्ध आक्रोश पोखेका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भातृ संगठन युवा संघको आफू पक्षीय भेलालाई सम्बोधन गर्दै उनले अदालतमा केही समय जागिर खाएकाहरु बोलेको भन्दै आक्रोश पोखे।
उनले सर्वोच्चलाई गुमराहामा पार्ने धम्काउने काम बन्द गर्नसमेत चेतावनी दिएका छन्।उनले प्रचण्ड-माधव नेपालको जुलुसलाई भट्टीपसलको पनि संज्ञा दिए।
देशको सर्वोच्च संस्था राष्ट्रपतिका विरुद्ध मनपरी शब्द सभ्य समाजमा त्यस्तो भनिन्न। रक्सी भट्टीमा पनि त्यस्तो सुनिन्छ, उनले भने, प्रचण्ड माधवका जुलुसमा बोलेका भाषाहरु कसैले पनि बोल्दैन।
ओलीले भने, “साथीहरु ! जहाँ सक्नुहुन्छ त्यहाँ उनीहरुको धज्जी उडाउनुस् । यिनीहरुलाई हैसियत देखाउनुपर्छ ।”