लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएका ३० करोड सिक्का छापीने


काठमाडौं । नेपाल राष्ट्र बैंकले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नेपालको नयाँ नक्सा भएको एक रुपैयाँको सिक्का छाप्‍ने भएको छ । पछिल्लो समय ३० करोड सिक्का छाप्‍नका लागि राष्ट्र बैंकले टेन्डर खुलाएको हो ।
गत भदौ २९ मा बसेको मन्त्रिपरिषद्‍को बैठकले नेपाल राष्ट्र बैंकलाई १ रुपैयाँ र दुई रुपैयाँको सिक्कामा नेपालको नयाँ नक्सा समेट्न स्वीकृति दिएको थियो । सोही अनुसार राष्ट्र बैंकले टेन्डर खुलाएको हो ।

नेपालले भदौमै लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नेपालको नयाँ नक्सा सार्वजनिक गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *