प्राइम बैंकको सेयर मूल्य समायोजन
नेपाल स्टक एक्सचेन्जले आज सोमबार प्राइम कमर्सियल बैंकको सेयर मूल्य समायोजन गरेको जनाएको छ ।
बैंकले गत आर्थिक बर्षको मुनाफा बाट १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएपछी नेप्सेले सेयर मूल्य समायोजन गरेको हो । हिजो आइतबार सम्म ४६८ रुपैयाँमा कारोबार भएकोमा अब समायोजन पछी बैंकको सेयर ४०७ रुपैयाँ कायम भएको हो ।
बैंकले गतबर्षको मुनाफाबाट १०.२६९ प्रतिशत बोनस सेयर र ०.५४ प्रतिशत नगद लाभांश कर प्रयोजार्थ सहित १०.८१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
बैंकले प्रस्तावित लाभांश आउदो पुस २९ गते हुने १३ औँ साधारण सभाले पारित गरेपछि सेयरधनीहरु लाई वितरण गरिने जनाएको छ ।