एनआईसी एशियाकाे ७ लाख कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा

एनआईसी एशिया बैंकले ७ लाख १४ हजार कित्ता संस्थापक शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको छ । जसका लागि बैंकले आवेदन दिनका लागि सर्वसाधारण तथा बिद्यमान संस्थापक शेयरधनीहरुलाई सूचना जारी गरेको छ । बैंकले प्रति कित्ता शेयरको न्यूनतम मूल्य १९० रुपैयाँ तोकेको छ । बैंकका अनुसार ईच्छुक व्यक्ति तथा संस्थाले वैशाख ९ गतेभित्र एनएमबी क्यापिटल, बालुवाटारमा बोलपत्र पेश गर्नुपर्ने छ । कम्तिमा एक हजार कित्ताका लागि आवेदन दिनुपर्ने छ । आवेदन दिइँदा खरिद गर्न चाहेको कित्ता र मूल्य उल्लेख गर्नुपर्ने छ ।
यस्ता छन् अन्य शर्तहरू
१. बोलपत्र आवेदन फाराम बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, बालुवाटार, काठमाडौंबाट रु. १००/- (एक सय रुपैयाँ) नगद भुक्तानी गरी प्राप्त गर्न सकिनेछ । एकै व्यक्ति वा संस्थाले शेयर खरीदका लागि एउटा भन्दा बढी आवेदन दिन सक्नेछ ।
२. बोलपत्र आवेदन फाराममा आफूले लिन चाहेको शेयर संख्या तथा आफूले कबोल गरेको प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरले लेखेकोलाई मान्यता दिईनेछ । केरमेट भएको ठाउँमा दस्तखत गर्नुपर्नेछ। धेरै केरमेट भई कबोल गरेको शेयर संख्या, प्रति कित्ता शेयर मूल्य वा जम्मा रकम नबुझिने भएमा त्यस्तो बोलपत्रलाई मान्यता दिईने छैन । कबोल गर्ने दर दशमलव पछिको दुई अंक मात्र मान्य हुनेछ ।
३. बोलपत्रदाताले बोलपत्रमा आफ्नो नाम, ठेगाना, टेलिफोन नम्बर, आफ्नो खाता रहेको बैंकको नाम र खाता नम्बर तथा आफ्नो हितग्राही खाता नम्बर (Demat Account Number) लगायत बोलपत्र फाराममा उल्लेखित सम्पूर्ण विवरण स्पष्ट रुपमा अनिवार्य उल्लेख गर्नु पर्नेछ ।
४. संस्थापक शेयर खरीद गर्न ईच्छुक सम्पूर्ण बोलपत्रदाताले देहाय बमोजिम विवरण तथा कागजातहरु पेश गर्नुपर्नेछ ।
क. नेपाल राष्ट्र बैंकबाट संस्थापक शेयरधनीको लागि तोकिएको Fit & Proper Test (अनुसूची ३) को विवरण (३ प्रति फोटो सहित), कर्जा सूचना केन्द्र लिमिटेडबाट प्राप्त कालोसूचीमा समावेश नभएको प्रमाणित हुने कागजात ( कम्तिमा २०८२ बैशाख मसान्तसम्म तीन महिना अवधि कायम रहेको), प्रहरी प्रतिवेदनमा अपराधिक पृष्ठभूमी (Police Clearance Report) मा नदेखिएको वा देखिएको व्यक्ति भए सजाय भुक्तानी गरी सफाई पाएको ५ वर्ष व्यतित भएको प्रहरीको प्रतिवेदन, कम्तिमा स्नातक तहको प्रमाणपत्रको प्रतिलिपि, आयश्रोत खुल्ने कागजातको प्रतिलिपि, पछिल्लो आ.व. को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, आफ्नो नाममा वा आफ्नो नाममा रहेको व्यवसायको स्थायी लेखा नम्बरका साथै नागरिकता प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नुपर्नेछ ।
ख. आवेदक संगठित संस्था/ कम्पनी भएमा नेपाल राष्ट्र बैंकबाट संस्थापक शेयरधनीको लागि तोकिएको Fit & Proper Test (अनुसूची ३) को विवरण, कम्पनीको दर्ता प्रमाणपत्र, कारोबार स्वीकृति पत्र, आयकर दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर, शेयर खरीद गर्ने सम्बन्धमा संचालक समितिको निर्णय, संस्था प्रमुखको नागरिकताको प्रमाणित प्रतिलिपि, संस्थाको विगत दुई वर्षको वित्तीय विवरण, संस्थाको तथा संचालकहरुको कर्जा सूचना केन्द्रबाट प्राप्त कालोसूचीमा रहेको प्रमाणित हुने कागजात (कम्तिमा २०८२ बैशाख मसान्तसम्म तीन महिना अवधि कायम रहेको), कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि संलग्न गर्नुपर्नेछ ।
ग. माथि उल्लेखित कागजात बाहेक अन्य कुनै कागजात आवश्यक परेमा सो समेत आवेदकले बिक्री प्रबन्धकको कार्यालयमा उपलब्ध गराउनु पर्नेछ ।
बोलपत्रदाताले बोलपत्र आवेदन साथ आफूले खरीद गर्न चाहेको शेयरको जम्मा मूल्य तथा शेयर नामसारी गरिलिंदा तिर्नु / बुझाउनु पर्ने ब्रोकेरेज शुल्क, सेबोन कमिशन र डिपोजिटरी दस्तुर समेत गरी हुन आउने सम्पूर्ण रकम मिति २०८२/०१/०९ गतेसम्म एनएमबि बैंक लिमिटेडमा रहेको NMB CAPITAL LIMITED ISSUE ACCOUNT नाममा रहेको खाता नं. ००१०००५४०१००००३२ मा जम्मा हुने गरी सो को सक्कल भौचर (Deposit Slip) वा IPS मार्फत रकम बुझाइएको भए सो को Transaction Copy संलग्न गर्नुपर्नेछ वा नेपाल क्लियरिङ्ग हाउस लि. को सदस्य भएको बैंक तथा वित्तीय संस्थाको Good For Payment गरिएको A/C Payee Cheque / Manager’s Cheque संलग्न गर्नुपर्नेछ। साथै, Good For Payment / IPS मार्फत रकम जम्मा गर्दा लाग्ने शुल्क तथा Cheque Clearing Charge आवेदक स्वयले नै व्यहोर्नु पर्नेछ । दरखास्त फारामसाथ बुझाएको अन्य शुल्क तथा दस्तुर नपुग भएमा वा केही कारणवश परिवर्तन हुन गएमा सो पुनः माग गर्न कुनै बाधा पर्ने छैन ।
६. बोलपत्र पेश गर्दा न्यूनतम १,००० कित्ता र सोभन्दा बढीको लागि १०० ले भाग जाने संख्यामा वा अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिनु पर्नेछ । रु. ५ लाख भन्दा बढी रकमको लागि आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो स्थायी लेखा नम्बर (PAN) आवेदन फाराममा उल्लेख गर्नु पर्नेछ ।
७. शिलबन्दी खाम बाहिर ” एन आई सी एशिया बैंक – शेयर खरीद आवेदन (संस्थापक समूह ) ” उल्लेख भएको हुनु पर्नेछ । बोलपत्र आवेदन खाममा लाहाछाप गरी शिलबन्दी गरिएको हुनु पर्नेछ । साथै, आवेदन खाम बाहिर आवेदकको नाम, ठेगाना र हितग्राही खाता नम्बर र फोन नं. अनिवार्य उल्लेख गरिएको हुनु पर्नेछ ।
८. बोलपत्र मिति २०८२ / ०१ /०९ गते मंगलबार दिउँसो ३:०० बजेभित्र एनएमबि क्यापिटल लिमिटेडमा दर्ता भई सक्नुपर्नेछ। कुनै शर्त राखी पेश गरेको वा रित नपुगेको वा म्याद नाघि आएको बोलपत्रलाई मान्यता दिईने छैन । साथै, बोलपत्र दाखिला गरिसकेपछि बोलपत्रमा कबोल गरेको शेयर संख्या वा रकममा कुनै हेरफेर गर्न वा बोलपत्र फिर्ता लिन सकिने छैन ।
९. प्राप्त शिलबन्दी बोलपत्रहरु मिति २०८२ / ०१ / १० गते बुधबार बिहान १०:०० बजे एनएमबि क्यापिटल लिमिटेड, बालुवाटार, काठमाडौँमा बोलपत्रदाता वा निजद्वारा लिखित रुपमा नियुक्त प्रतिनिधिको उपस्थितिमा खोलिने छ । बोलपत्रदाता वा निजको प्रतिनिधिको उपस्थिति नभएमा पनि बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । उक्त दिन सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट कार्यालय खुलेको दिन सोही समयमा सोही स्थानमा बोलपत्र खोलिने छ ।
१०. प्राप्त बोलपत्रहरुको छानविन तथा जाँच गरी रितपूर्वक पेश गरेका आवेदकहरुलाई बाँडफाँड प्रक्रियामा समावेश गरी प्रारम्भिक बाँडफाँड गरिनेछ । प्रारम्भिक बाँडफाँडमा परेका बोलपत्रदाताहरुको विवरण सहित स्वीकृतिका लागि एन आई सी एशिया बैंक लिमिटेडको संचालक समितिमा पठाईनेछ र सो बैंकको संचालक समितिबाट बाँडफाँडको स्वीकृति प्राप्त भए पश्चात् तथा नेपाल राष्ट्र बैंकको स्वीकृति आवश्यक पर्ने बोलपत्रदाताहरु भएमा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भए पश्चात् मात्र अन्तिम बाँडफाँड गरिनेछ । कथंकदाचित एन आई सी एशिया बैंक लिमिटेड वा नेपाल राष्ट्र बैंकबाट बाँडफाँडका लागि स्वीकृति प्राप्त नभएमा वा माग गरेको शेयरमध्ये आंशिक शेयरका लागि मात्र स्वीकृति प्राप्त भएमा सोही बमोजिमको शेयर बाँडफाँड गरिनेछ । यसरी गरिएको बाँडफाँड बोलपत्रदातालाई स्वीकार्य हुनुपर्नेछ । अन्तिम बाँडफाँड भए पश्चात् मात्र शेयर नामसारीको प्रकृया अगाडी बढाईनेछ ।
११. बाँडफाँडमा परेका आवेदक संस्थापक शेयरधनीहरुलाई निजको नाममा बाँडफाँडमा परेको शेयर निजको हितग्राही खातामा जम्मा गर्नका लागि धितोपत्र दलाल ( स्टक ब्रोकर) मार्फत कारोबार गराई जम्मा गरिने भएकाले सो कारोबार गर्दा प्रचलित कानून बमोजिम लाग्ने शुल्क तथा कमिशन सम्बन्धित खरीदकर्ताले नै व्यहोनु पर्नेछ । बिक्रेताको लागि लाग्ने उपरोक्त शुल्क, कमिशन तथा पूँजीगत लाभ कर भने बिक्रेता स्वयंले नै व्यहोर्नुपर्नेछ ।
१२. बिक्रीको लागि आव्हान गरिएको शेयर संख्या भन्दा बढी संख्यामा शेयर खरीदका लागि आवेदन प्राप्त हुन आएमा माग गरेको शेयरको आधारमा समानुपातिक रुपमा निकतम पूर्ण अंकमा शेयर बाँडफाँड गरिनेछ ।
१३. बोलपत्र आवेदनहरुमध्ये बाँडफाँडमा नपरेको आवेदकहरुको बोलकबोल वापत जम्मा भएको रकम अन्तिम बाँडफाँड पश्चात् धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा तोकिएको समयावधिभित्रमा IPS मार्फत आवेदकहरुको बैंक खातामा सोझै फिर्ता भुक्तानी गरिनेछ । साथै, यस्तो फिर्ता गरिने रकममा कुनै ब्याज प्रदान गरिने छैन ।
१४. शेयर बाँडफाँड सम्बन्धी कुनै विवाद उत्पन्न भएमा नियमनकारी निकायको राय सुझाव लिई सोही बमोजिम विवादको समाधान गरिनेछ र सो निर्णय खरीदकर्ता तथा बिक्रेता दुवैलाई मान्य हुनुपर्नेछ ।