नेपाल लाइफको ५ लाख २३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५ लाख २३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको नाममा रहेको उक्त कित्ता शेयर बिक्रीमा राखेको हो ।उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुका लागि बिक्रीमा राखिएको कम्पनीले जानकारी दिएको छ । खरिद गर्न चाहने इच्छुक संस्थापक शेयरधनीले ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय निवेदन दिनु पर्नेछ ।उक्त समयसम्म कुनै आवेदन नपरेमा उक्त शेयर सर्वसाधारणका लागि बिक्री गर्ने पनि कम्पनीले स्पष्ट पारेको छ ।